|

बारा : बाराको बारागढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेका छन्।

अध्यक्षमा कांग्रेसका देवदत्त बछार थारु २ हजार ६ सय १८ र उपाध्यक्षमा विजयी संघीय समाजवादी फोरमकी लक्ष्मीदेवी राय २ हजार ५ सय ८० मत प्राप्त गरी विजयी भएका हुन्।

अध्यक्षका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका अशोककुमार जैशवालले २ हजार ५ सय ५५ मत पाए। यस्तै उपाध्यक्षमा पराजित कांग्रेसकी चन्द्रावती चौधरीले २४५४ मत पाइन्।

१६ वटा स्थानीय तह रहेको बारामा अब कलैया उपमहानगरपालिकाको मात्र नतिजा आउन बाँकी छ। कलैयामा जारी मतगणनामा एमालेको अग्रता छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.