|

काभ्रेपलाञ्चोक :  बनेपा नगरपालिका–७ जगन्नाथ मार्गस्थित चण्डेश्वरी खोलामा पुल बनेपछि स्थानीयबासी  खुशी भएका छन्। खोलामा पुन नबन्दा आवतजावतमा समस्या हनुका साथै खोलाबाट मोटरसाइकल र गाडीहरु  तार्नुपर्ने समस्या थियो।

सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले आर्थिक वर्ष २०७३/२०७४ को संसद विकास कोषबाट १५ लाख रुपैयाँ सहयोग गरेपछि पुल निर्माण गरिएको हो। स्थानीय जगन्नाथ मार्ग नगर विकास समिति (टोल सुधार समिति) को अगुवाइमा पुल बनेपछि मंगलबार सांसद बादेले उद्घाटन गरे।

उनले जनताको लागि जनताले नै विकास गर्नुपर्छ भन्ने काम पुल निर्माण कार्यले प्रमाणित गरेको बताए। ‘जनताले स्थानीय तबरबाट निर्माण गर्ने काम छिटो र राम्रो ढंगबाट सम्पन्न हुन्छ भन्ने उदाहरण यो पुल निर्माणले देखाएको छ' सांसद बादेले भने।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष वर्ण शाक्यले टोलको विकासको लागि नगरपालिकाको तर्फबाट बजेटको ब्यवस्था गर्न पहल गर्ने बताए। ‘यस बर्ष पनि १० लाख रुपैयाँ छुट्याएका छौं, त्यसबाट अपुग रकमको लागि वडाध्यक्षको तर्फबाट अरु थप पहल गर्नेछु’ शाक्यले भने। टोल सुधार समितिका सदस्य गोविन्द सत्यालले टोलमा जनसहभागितामा काम गर्न कठिन रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.