|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ शिखर आम्बोटेको निङगालेमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका इन्स्पेक्टर रविराज थपलियाका अनुसार मृत्यु हुनेहरुमा महाभारत गाउँपालिका २ का वर्ष ३५ की खेलीमाया बल, सोही स्थानका वर्ष २० की पुतलीमाया बल, वर्ष २२ की म्हेन्दोमाया जिम्बा, वर्ष २७ की मनीषा मोक्तान, वर्ष १९ की कुमारी जिम्बा र अर्का एक जना पुरुषको सनाखत हुन बाँकी रहको छ।

एकजना वर्ष ८ की कृष्टिना मोक्तान हराइरहेको पनि उनले जानकारी दिए। प्रहरीले घाइते अविशेक तामाङको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंमा उपचारको लागि लगिएको जनाएको छ। बाँकी घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

बनेपाबाट डाँडापारिको गोकुले जाने क्रममा शिखर आम्बोटेको निङगाले भन्ने ठाउँमा पुग्दा बिहान पौने ११ बजेतिर बा१४च ९५५६ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.