|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकलाई करार बनाउन माग गर्दै आंशिक प्राध्यापक संघले आमरण अनशन सुरु गर्ने भएको छ। विश्वविद्यालयले वर्षौदेखि आंशिक प्राध्यापकको वौद्धिक शोषण गरिरहेको र चारपटक माग संबोधनको सम्झौता गरे पनि कार्यान्वयन नभएको विरोधमा आंशिक प्राध्यापक डा. महेश गजुरेल बुधबार बेलुका ४ बजेदेखि अनशन बस्न लागेका हुन्।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरको प्रवेशद्वारमा आमरण अनसन सुरु हुने त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघले जनाएको छ। आंशिक प्राध्यापकले रिले अनसन गरिरहेकै ठाउँमा आमरण अनशन सुरु गर्न लागेका हुन्।

२०६३ साल भदौ ६ गते, २०६५ साल असोज २१ गते, २०६६ साल भदौ २१ गते र २०६९ साल जेठ ३२ गते सरकारले आंशिक प्राध्यापकलाई करार गर्न सम्झौता गरे पनि कार्यान्वयन नगरेको र महिनौंदेखिको शान्तिपूर्ण आन्दोलन वेवास्ता गरेपछि आमरण अनसन शुरु गर्ने निर्णय भएको संघका महासचिव केशव चन्दले जानकारी दिए। पाँच दिनभित्र पनि माग पूरा नभए अन्य आंशिक प्राध्यापकले  पनि सँगै आमरण अनसन बस्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.