|

दाङ : दाङका  दुई कारागारबाट २० जना कैदी रिहाइ भएका छन्। कारागार शाखा तुलसीपुरबाट १६ जना र घोराही कारागार शाखाका ४ जनाले आममाफी पाएका हुन्। तोकिएको सजायमा ४० प्रतिसत भुक्तानी गरि सकेका र राम्रो चालन का साथ कैदी जीवन बिताइरहेकालाई नेपाल सरकारको असोज २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार कैदमुक्त गरिएको कारागार प्रशासनले जनाएको छ।

वडादशै र गणतन्त्र दिवसको अवसर पारी प्रत्येक वर्ष  कैदीलाई रिहाइ गर्ने नेपालमा व्यवस्था छ। सोही अनुरुपमा कारागार शाखा तुलसीपुरबाट कर्तव्य ज्यानसम्बन्धी अपराधमा कैद जीवन बिताइरहेका ७ जना दाङका, रोल्पाका २, रुकुमका २ र प्युठानका ३ जना गरी १४ जना र चोरीको अपराधका दाङका २ जनाले बाँकी कैद मिनाहा भएको कारागार शाखा तुलसीपुरका प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

कारागार शाखा घोराहीबाट सवारी ज्यानमा कैद जीवन बिताइरहेका २, कर्तव्य ज्यानसम्बन्धी अपराध लागेका १ जना र चोरीको अपराध लागेर कैद जीवन बिताइरहेका १ जना गरी ४ जनाले बाँकी कैद मिनाह पाएका जेलर काशीराम वलीले जानकारी दिए। कारागार शाखा तुलसीपुरमा ३ नाबालक, २७ महिला र २ सय ५८ पुरुष गरी २ सय ८५ जना छन् भने कारागार शाखा घोराहीमा १ सय ८२ जना पुरुष कैदी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.