|

विराटनगर : इलाका प्रहरी कार्यालय रानीले जहदा गाउँपालिकाबाट १४ किलो गाँजा बरामद गरेको छ। विशेष सुराकीको आधारमा गएको टोलीले सोमबार बिहान उक्त परिणामको गाँजा बरामद गर्नुको साथै गाँजा कारोबारमा संलग्न रहेको आशंकामा ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जहदा–३ का रामेश्जर राजवंशी (२६), कगज राजवंशी (५८) र राजु मुखिया (४५) छन्। उनीहरुको साथबाट को३प ३२८० नम्बरको मोटरसाइकल र लागुऔषध गाँजा १४ किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.