|

डडेल्धुरा : प्रदेश नम्बर ७ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक ‘ए ले हात पारेको छ।

क्याम्पसको किर्तिपुरस्थित छात्रावास खेलमैदानमा मंगलबार भएको फाइनलमा मिनबहादुर थापा मेमोरियल फाउन्डेसन जोगबुडालाई ३–१ को सेटमा पराजित गर्दै आयोजक ‘ए’ ले उपाधि जितेको हो।

डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)द्धारा आयोजित प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेसँगै आयोजक ‘ए’ ले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाएको छ। उपविजेता मिनबहादुर थापा मेमोरियल फाउन्डेसन जोगबुडाले नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र जितेको छ।

तेस्रो स्थानका लागि भएको खेलमा सहश्रलिङ चमडालाई ३–१ ले हराउँदै कैलाली बहुमखी क्याम्पस (केएमसी) कैलालीले नगद १५ हजार रुपैयाँसहित मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ।

आयोजक ‘ए’ का टेक अवस्थी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उनले दुई हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाए। प्रतियोगिताको वेस्ट स्पाइकर आयोजककै डम्बर भट्टराइ, वेस्ट वलकर मिनबहादुर मेमोरियलका भैरव वम भए भने वेस्ट लिप्टर आयोजकका लोकेन्द्र गिरी र वेष्ट डिफेन्सर आयोजककै विनोन चन्द घोषित भएको छन्।

उनीहरुले नगद १५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाएको स्ववियु सभापति जगत बहादुर ऐरले जानकारी दिए। प्रतियोगिताका खेलहरु वेस्ट अफ फाइभका आधारमा खेलाइएको थियो।

प्रतियोगितामा प्रदेश नं. ७ का विभिन्न जिल्लाका १० वटा टिमहरुको सहभागिता थियो। असोज ७ आइतबारदेखि मंगलबारसम्म डडेल्धुरा बहुमुखी क्याम्पसको किर्तिपुरस्थित छात्रावास मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन भएका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.