|

दमक : नेपाली कांग्रेस दमक नगर समितिले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ। नगर सभापति रोशन विष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रतिनिधिसभाका लागि लागि प्रत्यक्षमा प्रकाश प्रसाईं, डाक्टर खगेन्द्र अधिकारी, मेनुका बुढाथोकी र पर्शुराम रिजालको नाम सिफारिस गरेको हो। 

कांग्रेस दमकले झापा क्षेत्र नम्बर ५ का लागि उनीहरुको नाम सिफारिस गरेको हो। त्यसैगरी समानुपातिकमा सुरेश सुब्बा, महेन्द्रा कुमारी लिम्बु, रोशन विष्ट र वर्तबहादुर धिमालको नाम सिफारिस गरिएको नगर सभापति विष्टले जानकारी दिए। उनले भने,‘ हामीले यी नामहरु सिफारिस गर्यौँ अब क्षेत्रीय मितिले जिल्लालाई गर्छ र जिल्लाले केन्द्रमा गर्छ अनिमात्र केन्द्रले फाइनल गर्ने हो।’

बैठकले प्रदेशसभा सदस्यको लागि प्रत्यक्षमा दिलबहादुर बुढाथोकी, राजनबहादुर ढुंगाना, रोशन गौतम, भुमिराज राई, मन्दरा पौडेल, देवीप्रसाद दाहाल, बबरजंग थापा र उमाकान्त आचार्यलाई सिफारिस गरेको छ। प्रदेशसभाको समानुपातिकतर्पm शेरबहादुर भट्टराई, हुकुमसिंह राई, रेगिना भट्टराई, लता चपाँगाईं, चन्द्रा खड्का भट्टराई, लता चापाँगाईं, गणेशबहादुर बुढाथोकी, प्रथम धिमाल र तेजु धिमाललाई सिफारिस गरिएको नगर कांगे्रस दमकले जनाएको छ।

पार्टीको नगर समितिले सिफारिस गरेको नाम क्षेत्रीय समितिले जिल्लालाई र जिल्ला समितिले यहि असोज १७ गते भित्रमा केन्द्रमा सिफारिस गरेर पठाउने छ।
जिल्लाले पठाएको सिफारिसलाई आधार मानेर केन्द्रले अगामी तिहार अघिनै उम्मेदवारको टुंगो लगाउने पनि नगर सभापति विष्टले जानकारी दिए।
झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमाले र माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवारको सिफारिस गर्न बाँकी नै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.