|

काठमाडौं : हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा असोज ४ गतेदेखि काठमाण्डौंको तार्केश्वर नगरपालिकामा सञ्चालन भएको सात दिवसीय प्राथमिक शिक्षा वर्ग आज सम्पन्न भएको छ। सात दिनसम्मन निश्चित दिनचर्यामा रही बिहानै पाँच बजेदेखि राति दस बजेसम्म योग व्यायाम, खेल ,बौद्धिक, सामूहिक अभ्यास, चर्चा आदि दिनचर्या भित्र रहेर गरिएको प्राथमिक शिक्षा वर्गको आज समापन गरिएको हो।

समापन अगाडी प्रशिक्षार्थीले नगर परिक्रमा गरेका थिए। ७५ जना प्रशिक्षित भएको वर्गको समापन कार्यक्रम का प्रमुख अतिथी प्रा डा. कुलप्रसाद कोइराला तथा मुख्य वक्ता  संघका राष्ट्रीय प्रचारक वेदप्रकाश उपाध्यायले प्रशिक्षार्थीहरुलाई सम्बोधन गरेका थिए।

कोइरालाले अहिलेको अवस्थामा यस्ता कार्यक्रम अति आवश्यक रहेको र यसले समाजमा उत्कृष्ट भूमिका निर्वाह गरिरहेको बताए। त्यस्तै वेदप्रकाशले देशभरी नै समाज र संस्कृतिको जागरणमा हिन्दु हिन्दू स्वयंसेवक संघ नेपालले सक्रियपूर्वक काम गरिरहेको बताए।

उनले देशका ६० जिल्लामा संघ सक्रिय रहेको बताए। काठमाडौंमा जसरी नै आजकै दिन देशका १९ स्थानमा प्राथमिक शिक्षा वर्ग सम्पन्न भएको जानकारी उनले दिए।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले ७ दिनसम्म लिएका ज्ञानको प्रदर्शन गरेका थिए। कार्यक्रममा कृष्णा थापा ,केशव कोइराला ,भट्ट मिलन, लगायत संघका पदाधिकारीहरुको उपस्थिति थियो।

त्यस्तै, उल्लेख मात्रामा स्थानीय शिक्षक, व्यापारी लगायतको उपस्थिति रहेको संघका उपत्यका विभाग सह- प्रचार प्रमुख भुपेन्द्र क्षेत्रीले जानकारी दिए।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.