|

बाँके : विजया दशमीको अवसरमा नेपालगन्ज कारागारबाट १७ जना कैदी रिहा भएका छन्। तोकिएको सजायमा ४० प्रतिशत भुक्तानी गरिसकेका र राम्रो चालचलनका साथ कैदी जीवन बिताई रहेका १७ जना कैदी रिहा भएका हुन्। 

असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले ४० प्रतिशत भुक्तान गरिसकेका र चालचलन राम्रा भएकाको बाँकी कैद मिनहा गर्ने निर्णय गरेपछि कैदमुक्त गरिएको जिल्ला कारागार नेपालगन्जका नायब सुब्वा श्याम लामिछानेले जानकारी दिए।

उनका अनुसार ज्यान मार्ने उद्योग अभियोगमा कैदी जीवन विताइरहेका ३, बहुविवाहका ३, चोरी, डकैतीका ३ र बाँकी कर्तब्य ज्यान सम्बन्धी कैदी रहेको बताए। 
बडादसैं र गणतन्त्र दिवसको अवसर पारी प्रत्येक वर्ष सरकारले कैदीको बाँकी कैद मिनहा गरि रिहाई गर्दै आएको छ। गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार नेपालगन्जबाट २४ जना कैदी रिहा भएका थिए। 

बाँके जिल्ला कारागारले ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जनाको नाम रिफारिस गरेकोमा २४ जना रिहा भएका थिए। अघिल्लो वर्षको दसैँमा १५ जना कैदी रिहा भएको लामिछानेले बताए। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.