|

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका-९ बस्ने ४१ वर्षीय हिमाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएको अन्य दुई जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख ५६०० नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१०प६०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.