|

नेपालगन्ज : नेपालगन्जस्थित वागेश्वरी मन्दिरमा विधिपूर्वक पूmलपाती भित्र्याइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेपछि नेपाली सेनाको टोलीले विधिपूर्वक फूलपाती भित्र्याएको हो।

बिहान करिब साढे ८ बजेको शुभ साइतमा विधिपूर्वक फूलपाती भित्र्याएको वागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीले जानकारी दिए। उनले हरेक वर्षझैं यस वर्ष पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेपछि विधिपूर्वक जमरासहित फूलपाती भित्र्याएको बताए।

पूmलपाती भित्र्याउन बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, भेरी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेश विक्रम शाह, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर तामाङलगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीको सहभागिता थियो।

तस्बिर झलक

 

 

 

 

 

 

 

 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.