काठमाडौं : प्रेम, गरिबी, राजनीतिको कथा समेटिएको चलचित्र 'फाटेको जुत्ता'को ट्रेलर सार्वजनिक भएको छ। युटुव च्यानलमार्फत चलचित्र 'फाटेको जुत्ता'को ट्रेलर सार्वजनिक गरिएको छ।
आगामी कार्तिक १७ गतेबाट यो फिल्म देशभर प्रदर्शमा आउँदैछ। 'फाटेको जुत्ता'मा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डेको मुख्य अभिनय रहेको छ।
निकेश खड्काले निर्देशन गरेको उक्त फिल्मका निर्माता अर्जुन कुमार हुन्। शंकर थापा र प्रवेश मल्लिकको संगीत रहेको यस फिल्ममा कविराज गहतराज र राजिव समरको कोरियोग्राफी रहेको छ।
हेर्नुस भिडियोः
तपाईंको ईमेल गोप्य राखिनेछ ।