|

काठमाडौं : माओवादीको तत्कालीन शसस्त्र युद्धकालमा घटेका घटनाको कथावस्तुमा निर्माण गरिएको चलचित्र 'तान्द्रो' को ट्रेलर सार्वजनिक भएको छ। यसअघि नै विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनाइसकेको चलचित्र 'तान्द्रो' मा दयाहाङ राईको मुख्य भूमिका छ।

वि.सं. २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तत्कालीन माआवादीको सांस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएको सुरक्षा फौजले आक्रमण गरेको थियो। उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा 'कोशिश'लाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई 'तान्द्रो'मा उतार्न खोजिएको छ।

कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने उक्त चलचित्रको कार्यकारी निर्माता रामबाबु गुरुङ हुन्। पुरुषोत्तम प्रधानको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा र रामबाबु गुरुङको संवाद रहेको चलचित्रका निर्माता शतिषकुमार गौतम हुन्। 

चलचित्रमा दयाहाङ राई, रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल, मणिराम पोखरेल लगायतका कलाकारहरुको भूमिका छ। निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयुक्तरुपमा उक्त चलचित्र निर्माण गरेको हो।

हेर्नुस ट्रेलरः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.