|

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाका जनप्रतिनिधिले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन्। साविकको गाउँ विकास समितिहरुले घरघरमा गएर वितरण गर्ने नसकेको सामाजिक सुरक्षा भत्ता गाउँगाउँमा गएर वितरण गरेको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास) ले जानकारी दिएका छन्।

असोज महिनाभित्र वितरण गर्नुपर्ने भत्ता दसैं तिहारलाई लक्षित गरेर मंगलबार वितरण गरिसकेको अजयमेरु गाउँपालिका वडा नं.३ का वडा सदस्य सुरेन्द्र बहादुर मल्लले जानकारी दिएका छन्। दसैं तिहारको मुखैमा सामाजिक सुरुक्षा भत्ता घरमै पाएपछि वृद्ध–वुद्धा तथा बालबालिका खुसी भएका छन्।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गर्ने निर्णय भएको र बुधबार सम्ममा सम्पूर्ण जनप्रतिनिधिहरुले सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष भट्टले बताएका छन्।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित वर्गका सबै नागरिक (७० वर्ष माथिका जेष्ठ नागरिक, ६० वर्ष माथिका दलित जेष्ठ नागरिक, एकल महिला, पूर्ण अपांगता भएका व्यक्ति, अति अशक्त अपांग र ५ वर्ष मुनिका दलित बालबालिकाहरु) लाई घरघरमा गएर भत्ता वितरण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.