|

रमेश तिमलसिना-

    रौतहट : रौतहटको यमुनामाई गाउँपालिका-१ सुकदेव चोकमा घरको शौचालयको ट्यांकीभित्र निशासिएर ३ जनाको मृत्यु भएको छ। निमार्णाधीन घरको शौचालयको सेन्ट्रिङ निकाल्ने क्रममा परोहा नगरपालिका-२ जिगडवा बेलबिछुअवा निवासी घरधनीका छोरा अजय बैठा, सोही गाउँका विजय बैठा र देवाही गोनाही नगरपालिका-२ लक्ष्मीनियाका नागेश्वर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

    परोहा नगरपालिका-१ जिगडवा बेलबिछुअवा स्थायी घर भएका वकिल बैठाले सुकदेबचोकमा निमार्णाधीन घरको शौचालयको ट्यांकीको सेन्टिङ निकाल्ने क्रममा निशासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

    सेन्टिङ निकाल्न शौचालयको ट्यांकीभित्र पसेका नागेश्वर माझी र विजय बैठा धेरैबेरसम्म ननिस्केपछि घरधनी वकिल बैठाका छोरा अजय बैठा हेर्न जाँदा मुन्नाको पनि ट्यांकीभित्रै ज्यान गएको थियो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले जानकारी दिए। मृतकहरुको शव जिल्ला अस्पताल गौरमा पोस्टमार्टम गरी आफन्तलाइ बुझाइसकिएको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.