|

कतै झुप्राझाप्री दिनदुख कतै भव्य भवन
कतै भोका नाङ्गा छटपट कतै वा मृदुपन

कतै चिल्ला मोटा जनजन कतै सुष्क अधर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर । १ ।

 

कतै रुन्छन् भन्छन् जनहित हुने छैन चलन
सबै एकै छैनन् सबतिर सदा वैविध किन
जहाँ जस्तो जे हो सकल मनमा दर्द छ तर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर । २ ।

 

फुले राता सेता कुसुम कलिका कोमल कला
झुले बालीनाली घरघर नयाँ झ्याल दहिला
हुने खाने खाँदा सुखदुख बटुल्दै वरपर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर । ३ ।

 

बिते बर्सौं बेला तर पनि सदा भाव छ उही
नयाँ पुस्ता पुस्ता श्रुतिमधु सदा तप्तप चुही
जराजीर्णा ज्योत्स्ना लहरलहरा पात जमरा
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर । ४ ।

 

म यौटा यात्री जो दुइतिर दुवै जोड्नु छ अझै
स्वयम् हिँड्ने बाटो पथिक जति छन् छोड्नु छ अझै ।
अझै उस्तै भाका विवरण बनी बोल्नु छ तर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर । ५ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Dear sir, i want to publish nepali poem on your site. Can i publish on your site? Please tell me detail process. THANK YOU