|

काठमाडौं : बडादशैंको सप्तमीका अवसरमा नेपाली सेनाले काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा फूलपातीको हर्षबढाई गरेको छ। हनुमानढोका दरबारस्थित दशैं घरमा फूलपाती भित्र्याएपछि अपरान्ह नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्ष बढाई विशेष समारोह गरेको हो। 

 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, कार्यवहाक प्रधानमन्त्री बिजयकुमार गच्छदार, कायमुकायम प्रधानन्यायाधीश दिपक जोशीको उपस्थिति थियो। त्यसैगरी संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, नेपालस्थित विभिन्न देशका कुटनीतिक नियोगका प्रमुखहरुको पनि समारोहमा उपस्थिति थियो।  समारोहमा नेपाली सेनाद्धारा विभिन्न कला कौसल प्रर्दशन गरिएको थियो। 

नेपाली सेनाले प्रत्येक वर्ष फूलपातीका दिन फुलपाती भित्राएको अवसरमा हर्षबढाई समारोह गर्ने गर्दछ। प्रधानमन्त्री शेर बहादुर देउवा, व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश गोपाल पराजुली समारोहमा उपस्थित भएनन्। प्रधानमन्त्री देउवा अहिले ओमान भ्रमणमा छन् भने व्यवस्थापिका संसदका सभामुख घर्ती श्रीलंका र प्रधानन्यायाधीश पराजुली जापानमा छन्। उपराष्ट्रपति नन्द बहादुर पुन पनि फुलपातीको हर्षबढाई समारोहमा उपस्थित भएनन्।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.