जाजरकोटको कुसे गाउँपालिकाले ६ लाख रुपैयाँ दिने, पहिलो चरणमा ३ लाख रुपैयाँ हस्तान्तरण

|

जाजरकोट : प्राण घातक रोग क्यान्सरबाट पीडीत जाजरकोटकी स्कुले बालिकाको उपचारको लागि आर्थिक सहयोग संकलन भइरहेको छ। जिल्लाको कुसे गाउँपालिका वडा नं. ७  नारे जाजरकोटकी १४ वर्षीय एलिना हमालको उपचारका लागि गाँउपालिका तथा विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरिरहेका छन्।

एलिनाको  उपचारका क्रममा घरकोे सम्पति सकिएपछि उनको परिवार आर्थिक अभावमा छ। यस सम्बन्धी समाचार थाहाखबरमा प्रकाशित भएपछि उनलाई सहयोग गर्न विभिन्न संघ–संस्था लागिरहेका छन्।

बालिकाका बाबुको आम्दानीको कुनै स्रोत नभएका कारण उनले गाँउमा भएको ५ रोपनी जग्गा समेत बिक्री गरिसकेका छन्। तर त्यति गर्दा पनि उपचार खर्च नपुग्ने भएपछि बालिकाका बाबुले उपचारका लागि जाजरकोटका सरकारी कार्यालय,संघ सस्था ,व्यापारी तथा अन्य व्यक्तिहरु सहयोगको याचना गरिरहेका छन्। 

दशैंमा सहयोग माग्दै घरदैलोमा 

दशेैको बेलामा सबै आ–आफनो घर जाने तयारीमा छन्। यता एलिनाका बाबु दिपक हमाल छोरी वचाउन सबैको ढोका चाहारी रहेका छन्। घरमा भएको सबै सम्पती यलिनाको उपचारमा सकिदा परीवार लाई दशै खर्च सम्म नभएको एलीनाका बाबु दिपक हमालले बताए। ‘छोरीको उपचारको लागि आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध गर्दै सबैको दैलोमा जान्छु,सक्ने जति सहयोग गर्ने गर्नु भएको छ,’ उनले भने।  

छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेपछि जाजरकोटमा विभिन्न महानुभावहरुले सहयोग गर्न थालेको दिपकले बताए। हमालकोे घरको आर्थिक अवस्था निकै कमजोर भएकोले उनको उपचारको लागि विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गरिरहेका छन्।

प्राणघातक रोग रक्त क्यान्सरबाट पिडित बालिकाको उपचारमा सहयोग गर्न कुसे गाँउपालिका कार्यालय जाजरकोटले ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत तथा उपाध्यक्ष रामछाँया कुमारी शाही र कार्यकारी अधिकृत थानेश्वर भण्डारीले संयुक्तरुपमा बालिकाका बाबुलाई हस्तान्तरण गरेको कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए। 

गाँउपालिकाको सचिवालय बैठकको निर्णय अनुसार गाउँपालिकाको विपत व्यवस्थापन तथा राहतकोषबाट एलिना हमालको उपचारमा सहयोग गरिएको कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए।

‘गाँउपालिकाले एलिना हमालको उपचारमा ६ लाख छुटयाएको छ, त्यस मध्येको सहयोग गरेको रकम ३ चरणमा दिन्छौ। पहिलोमा ३ लाख अरु रकम अस्पतालको डाक्टरको रिर्पोट अनुसार बाँकी भुकतानी दिँदै जानेछौं,’ उनले भने। 

चिकित्सकदेखि व्यवसायीसम्मले गरे सहयोग 

जिल्ला अस्पताल जाजरकोटका डाक्टर भुपेन्द्र प्रसाद मल्लले ३ हजार रुपैयाँ,थकाली होटेलका प्रोप्रइटर पृथ्वी बहादुर थापाले १ हजार रुपैयाँ,कुसे गाँउपालिका ८ नम्बर वडा अध्यक्ष अमर रोकाले १ हजार रुपैयाँ ,कुसे गाँउपालीका ८ का योगेन्द्र बहादुर सिंहले १ हजार रुपैयाँ, कुसे गाँउपालिका  ९ का भबिन्द्र विक्रम शाहीले १ हजार १ सय रुपैयाँ, कुसे गाँउपालिका ६ सुरेन्द्र शाहिले १ हजार रुपैयाँ, कुसे गाँउपालिका ९ कि माया थापाले १ हजार रुपैयाँ सहयोग गरेका छन्। अन्य विभिन्न व्यक्तिहरुले समेत उपचारमा आर्थिक सहयोग गरिरहेको एलिना हमाल उपचार सहयोग अभियानका अगुवा प्रविण नेपालीले बताए।  एलिनाको उपचारमा  सहयोग गर्ने थुप्रैले इच्छा देखाएको र सहयोगी हातहरु बढीरहेको नेपालीले जानकारी दिए। 

प्राण घातक रोग रगत क्यान्सर वाट पिडित हमालको गत बैशाख देखि निजामति कर्मचारी अस्पताल काठमाडौंमा उपचार भैरहेको छ। एलिनाको उपचारमा सहयोग गर्न उनको नाममा सिटीजन्स बैंक इन्टरनेशलमा रहेको बचत खाता नंं.०२१००००१८६ MU  मा पनि सहयोग जम्मा गर्न सकिनेछ। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.