|

विराटनगर: नेपाललाई कृषि प्रधान देशको रुपमा परिभाषित गरिने भएता पनि कृषीज्न्य समाग्रीमा नै नेपालको परनिर्भरता बढ्दै गएको छ। विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ।

विराटनगर नाका भएर आर्थिक वर्ष २०७२/७३मा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलफुल र कृषिजन्य वस्तु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार रुपैयाँ भित्रिएको छ। यो नाकाबाट नेपालको जम्मा तीन अर्ब २६ करोड १२ लाख २४ हजार रुपैयाँका  कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ।

कुन सामान कति आयो?

भारतबाट आयात हुने कृषिजन्य वस्तुमा आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको छ। साथै  तीन अर्ब ५७ करोड ६५ लाख ४५ हजारका विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएका छन्।

सबैभन्दा बढी एक अर्ब १० करोड १० लाख ७७ हजार मूल्यको ३७ हजार ९६८ मेट्रिक टन प्याज भित्रिएको छ। त्यस्तै एक अर्ब ६ करोड ९३ लाख ९७ हजार मूल्य बराबरको ५३ हजार ४७० मेट्रिक टन आलु र तेलहन पदार्थका रुपमा ५८ करोड ३८ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको नौ हजार १२२ मेट्रिक टन सूर्यमुखी, २५ करोड ५९ लाख ८३ हजार मूल्य बराबरको पाँच हजार ३३३ मेट्रिक टन तोरी भित्रिएको छ।

१४ करोड २८ लाख ४६ हजार मूल्य बराबरको तीन हजार ३२२ मेट्रिक टन भटमास र  ४३ लाख ३२ हजार मूल्य बराबरको १०८ मेट्रिक टन तील पनि पछिल्लो आर्थिक वर्षमा भित्रिएको छ।

यस्तै लसुन १५ करोड ३१ हजार ५१ हजार, अदुवा ९७ लाख २० हजार, मरिच सात करोड ८० हजार, धनियाँ दुई करोड २७ लाख ९८ हजार र अन्यि विभिन्न प्रकारका तरकारी १३ करोड ९९ लाख २६ हजार रुपैइँ बराबरको आयत भएको छ।

यो अवधिमा एक अर्ब ९३ करोड २१ लाख ७७ हजार मूल्य बराबरको विभिन्न प्रकारका फलफुलल भित्रिएको छ ।

के सामन गयो भारत?

विराटनगर नाका भएर भारततर्फ रु तीन अर्बभन्दा बढी मूल्यको कृषिजन्य तथा जडीबुटी भारततर्फ निर्यात भएको छ। विराटनगर नाका भएर गत आवमा तीन अर्ब २६ करोड १२ लाख २४ हजार रुपैयाँ बराबरका कृषिजन्य र जडीबुटी निर्यात भएको हो । सोमध्ये सबैभन्दा बढी दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार मूल्य बराबर तीन हजार ८१४ मेट्रिक टन अलैँची र सबैभन्दा कम ६ लाख ३३ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुपाडी निर्यात भएको थियो।

एक करोड ३३ लाख ४३ हजार रुपैयाँको बन्दाकाउली, ९६ लाख २० हजार रुपैयाँको अदुवा र  दुई करोड ४२ लाख ९२ हजार मूल्य बराबरको कुचो भारत तर्प गएको छ।

त्यस्ते एक करोड ६ लाख ४८ हजार मूल्य बराबरको लिनसिड, तीन करोड ६६ लाख ८९ हजार मूल्य बराबरको तेजपात र पाँच करोड ८७ लाख ३९ हजार मूल्य बराबरको चिया निर्यात भएको विराटनगर कार्यलयले जनाएको छ।

८८ लाख १८ हजार मूल्य बराबरको रुद्राक्ष, ४७ लाख ३७ हजार मूल्य बराबरको चिराइतो र ६४ लाख ७० हजार मूल्य बराबरको १९ मेट्रिक टन मजिठो निर्यात भएको छ। साथै नेपालबाट भारततर्फ जटामासी, टिम्बुर, सताबरी, काइयोफुल, वनलसुन लगायतका जडीबुटी निर्यात भएका छन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.