|

एजेन्सी : बढ्दो उमेरसँगै छाला चाउरिने समस्याबाट धेरैजनालाई चिन्ता लाग्छ। त्यसैले धेरैले छालालाई चम्काउन र चाउरिन नदिन विभिन्न क्रिम तथा क्रितिम पदार्थको प्रयोग गर्छन्। 

तर तपाईले बजारमा पाइने क्रिम र क्रितिम पदार्थहरुको प्रयोग गर्नु नै पर्छ भन्ने छैन। प्राकृतिक तवरबाटै यो समस्याबाट मुक्त हुनसक्नुहुन्छ। स्वस्थ्य खानपान र स्वस्थ्य जीवनशैलि अंगाल्नुभयो भने सजिलै यो समस्याबाट मुक्ति पाउनुहुन्छ।

त्यसका लागि तपाईले फलफूल अत्याधिक खानुपर्ने हुन्छ। यी ५ फलफूलले तपाईको छाला चम्काउन महत्वपूर्ण भूमिका खेल्नसक्छन्। यसको सेवनले तपाईको स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्नेछ। 

सुन्तला : भिटामिन सि सुन्तलामा पर्याप्त हुन्छ। सुन्तलाको जुस पर्याप्त मात्रामा पिउनाले उमेर बढ्दा हुने प्रभाव कम हुन्छ। तपाईले सुन्तलालाई आफ्नो छालामा समेत घोट्न सक्नुहुन्छ। यसो गर्दा दाग खटिराहरु समेत मेटिन्छन्। तपाईले आफ्नो छालामा यसको घोक्रा धस्दा समेत स्वास्थका लागि फाइदा हुन्छ।

स्याउ : तपाईको छालामा चमक ल्याउन स्याउमा पर्याप्त पोषणयुक्त तत्व हुन्छ। यसमा कपर र भिटामिन सि हुन्छ जसले छालालाई नरम बनाउँछ। छालाका लागि आवश्यक पर्ने पोटासियमको मात्रा पनि स्याउमा पाइन्छ।

मेवा : मेवालाई फलफूलको राजा समेत भनिन्छ। यसमा थुप्रै न्युट्रिसियनहरु हुन्छ। यसले तपाईको मुटुको सुरक्षा गर्नेदेखी वजन घटाउनेसम्म काम गर्छ। यसले तपाईको छालालाई फ्रेस बनाउँछ। यदी तपाईले सेवाको कालो बियालाई फाल्ने गर्नुभएको छ भने याद राख्नुस् त्यसले टोक्सीन्स हटाउँदै तपाईको छालमा मरेका सेल्सहरुलाई हटाउने काम गर्छ।

खरबुजा : फलफूलले छालालाई भरिपूर्ण मात्र बनाउदैन स्वच्छ र स्वस्थ समेत बनाउछ। खरबुजामा रहेको भिटामिन सि  भिटामिन एले तपाईको उमेर बढेको अनुभव हुन दिदैँन। भिटामिन एले तपाईको छालामा रहेका स साना प्वालहरुलाई हटाउने काम गर्छ। 

अनार : यसमा रहेको ओमगा थ्री एसिडले छालाको सेल्सहरुलाई परिवर्तन गराइरहन भूमिका खेल्छ। त्यस्तै यसमा पुनिकिक एसिड, इलाजिक एसिड र एन्टीओक्सीडेन्ट्सहरु रहेको हुन्छ। अनारले रेड ब्लड सेल्स अर्थात आरबिसी बढाएर रक्तसञ्चारमा समेत मद्धत पुर्‍याउँछ। यसमा भिटामिन ए, सी, ई र पर्याप्त मात्रामा मिनरल्स रहेको हुन्छ। यसले सुख्खा छालालाई फ्रेस बनाउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.