प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

समाज

दसैंमा एकजोर नयाँ लुगाका लागि मजदुरी गर्न बाध्य छन् बालबालिका
SHARES

बैतडीको सदरमुकाम गोठलापनी बसपार्कमा बस सफा गर्दै दुई बालक।  तस्बिर : मिलनप्रकाश ढुंगाल / थाहा खबर
असोज १३, २०७४

    बैतडी : नेपालका प्रायः हरेक समुदायमा दसैंतिहर हर्षोल्लासका साथ मनाइन्छ। दसैंमा हरेक अभिभावकलाई खर्च जुटाउन पीर परिरहे पनि बालबालिकाहरु भने निस्फ्रिकीसाथ चाडपर्वहरुमा दंग परिरहेका हुन्छन्।

    अक्सर बालबालिकाहरुलाई दसैंको विदामा घरपरिवार, आफन्त र साथीभाईसँगै हाँस्दै, खेल्दै रमाउने, पिङ खेल्ने, चंगा उडाउने रहर एकदमै हुन्छ र धेरैले त्यो रहर पुरा गरिरहेका पनि छन्। तर, विपन्न परिवारको बालबालिकालाई भने दसैं दशा बनेर आएको छ।

    बैतडी सदरमुकाम गोठलापानीबाट दसैंको लागि हुलका हुल मानिसहरु आफ्ना केटाकेटी बोकेर ओहोरदोहोर गर्ने गर्छन्। तर, त्यही हुललाई ओहोरदोहोर गर्ने बस सफाइ गर्ने काम गरिरहन्छन् सदरमुकाम नजिकको एक दलितबस्तीका कलिला बालकहरु।

    दसैंमा नयाँ कपडा लगाउने, मीठो मसिनो खाने, नयाँ नयाँ ठाउँ घुम्ने रहरलाई त्यागेर ८-९ वर्षका यी बालक दसैं सुरु हुनुभन्दा एक महिना अगाडिदेखि बसपार्कमा सिँडी चढेर बस पुछिरहेको देखिन्छन्। मैलो र ठाउँठाउँ उध्रिएका लुगामा देखिने आधा दर्जन बालकहरु दिउँसोको टन्टलापुर घाममा एक जनाले पानी बोक्छन् अर्काले गाडी पुच्छ्न्।

    एउटा बस सफा गरेको १०० रुपैयाँ

    महाकाली र पवनदूत यातायातका गाडी चालक र सहचालकहरुले एउटा बस सफा गरेको एक सय रुपैयाँ ती बालबालिकाको हातमा थमाउँछन्। दसैं खर्च जोहो गर्न यी बालबालिका तस्बिरमा देखाइएजस्तै भ¥याङमा उक्लेर गाडीको माथिल्लो सिसा सकी नसकी सफा गर्छन्।

    दशरथचन्द नगरपालिका ४ मा रहेको भुलेउडा दलित बस्तीका बालकहरु घरको स्थिति दयनीय रहेकाले दसैंमा घरबाट एक जोर नयाँ कपडा पनि नदिएको बताउँछन्। रोहित भुल नाम बताउने एक बालकले भने, ‘घरबाट त एक रुप्पेँ पनि दिन्नन्, यता एक गाडी धोइदिएको सय रुप्पे दिन्छन्’

    दलित समुदायका यी कलिला बालबालिकाहरुलाई पनि नयाँ लुगा लाउने मीठो मसिनो खाने रहरले नै गाडी सर्भिसिङ गरिरहेका छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले अभिभावकले पनि काम गर्न लगाउने गरेका छन्। दुई बालकबाट गाडी सफा गराइरहेका महाकाली यातायातको ना६ख७४४१ नम्बर गाडीका सहचालकले भने, बच्चाहरु आफैं आएर गाडी सफा गरिदिन्छु, मात्र सय रुपैयाँ दिनुहोला भन्छन्,’ उनले भने, ‘हामीले आफैं काम लगाउने गरेका छैनौं।’

    सदरमुकामसँगै जोडिएको भुलेउडाका बालबालिकाहरु दसैंखर्च जोहो गर्न कोही हाटलमा काम गर्छन त कोही सडक छेउमा गिट्टी गुटिरहेका भेटिन्छन्। दसैंखर्च जुटाउन सडकछेउमा अभिभावकसँगै बालबालिकाहरु गिट्टी कुट्न बाध्य छन्। नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहे पनि नगरभित्रै बालश्रम मौलाएको छ।

    दसैं खर्च जुटाउन बैतडीका अन्य ठाउँका स्कुले बालिकाहरु भारतीय सीमा बजार झुलाघाट, पिथौंरागडमा मजदुरी गरी आजभोलि घर फर्किरहेका छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले अभिभावकले आफैंसँग स्कुले बालकहरुलाई काम गराउन लग्ने गरेको सीमा प्रहरी चौकी झुलाघाटले बताउने गरेको छ। दलित, विपन्न समुदायका र टुहुरा बालबालिकाहरु दसैं खर्च जुटाउन श्रममा पर्ने गरेका छन्।

    दसैंमा बालबालिकालाई निराश नबनाउनुहोस्’

    बालबालिकाहरुले चाडपर्वमा अर्कोका देखिसिकी बढी गर्छन्। छिमेकीले कस्तो लगायो कस्तो खायो उस्तै रहर गर्छन् बालबालिका। दसैंमा बालबालिकाहरुको रहर पूरा गर्न नसके उनीहरु पढाइमा ध्यान नदिने, चोरी गर्ने, कुलतमा फस्ने हुनाले सकेसम्म उनीहरुलाई सम्झाई बुझाई क्षमताले भ्याएसम्म खुसी राख्नुपर्ने जगन्नाथ

    बुहमुखी क्याम्पसका प्रमुख प्राध्यापक पृथ्वीराज अवस्थीले बताए। ‘बालबालिकाहरुका सबै इच्छाहरु पूरा गर्न नसके पनि उनीहरुलाई मानसिकरुपमा विच्छिप्त हुन दिनुहुँदैन,’ उनीहरुलाई हदै निराश बनायौं भने मनोबल घट्छ।’

    दसैं जस्ता चाडपर्वमा घरको स्थिति कमजोर भए पनि बालबालिकाहरुका इच्छा, आकांक्षाहरुलाई प्राथामिकता दिनुपर्ने प्राध्यापक अवस्थीको भनाइ छ। बालबालिकाहरुलाई घर र विद्यालयमा पनि क्षमता अनुसारको खाने लगाउने गर्नु असल बानी हो भनेर सिकाउनुपर्ने उनको सुझाव छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]