|

वीरगन्ज: वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित प्रमुख विजय सरावगीले गाडी र तलब सुविधा नलिने घोषणा गरेका छन्। उनले अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन गर्ने, वीरगन्जका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि पहल गर्ने, महानगरका गृहिणीहरूलाई रोजगारी दिनेलगायतका घोषणा पनि गरेका छन्।

हेर्नुहोस् सरावगीले गरेका घोषणाहरू

१. अबको तीन महिनामा अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन।

२. वीरगन्ज महानगरमा रहेका सबै सामुदायिक विद्यालयहरूमा आउने शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठनसहित गुणस्तरीय शिक्षा।

३. वीरगन्जका गृहणीहरूलाई घरमै रोजगारी।

४. नारायणी उपक्षेत्रीय अस्पतालमा १२ सय शैया सञ्चालन गर्दै क्षेत्रीय अस्पताल र शिक्षण अस्पतालको रूपमा स्तरोन्नति।

५. योगलाई प्रोत्साहन गर्न हरेक वडामा योगा केन्द्र स्थापना।

६. वीरगन्ज महानगरपालिका कार्यालयमा भोजपुरी भाषालाई सरकारी कामकाजको भाषाका रूपमा सामेल गर्ने। 

७. वीरगन्ज महानगरमा बेरोजगारीको समस्या हटाउने।

८. वीरगन्ज महानगरमा रहेका सार्वजनिक जग्गा, भौतिक संरचनाहरू, जुन विभिन्न व्यक्ति र संघसंस्थाको कब्जामा छन्, ती सबै जग्गा र सम्पति जनताको नासो रहेकाले जनतको नासो जनताकै हातमा ल्याउने।

९. वीरगन्जमा वीरगन्ज विश्वविद्यालय स्थापना।

१०. वीरगन्ज महानगरलाई लोडसेडिङमुक्त बनाउने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.