|

काठमाडौँ: विभिन्न माग राखेर नेपाल चिकित्सक संघले एक साताअघिदेखि जारी राखेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीको रोहवरमा चिकित्सक संघ र सरकारका प्रतिनिधिबीच सहमति भएपछि संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ।

डाक्टर र अस्पतालमाथि दुव्र्यवहार र आक्रमण गर्नेमाथि कडाभन्दा कडा कारवाही गर्ने गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन, २०६६ र नियमावली, ०६९ संशोधन गर्ने सहमति भएको र यसपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको संघका महासचिव डा. लोचन श्रेष्ठले बताए।

सहमतिपत्रमा सरकारका तर्फबाट स्वास्थ्य सचिव डा. किरण रेग्मी र चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.