|

काठमाडौं : हिन्दू नेपालीहरुको महानपर्व दसैंमा एकपटक पिङ खेलेर धर्ति छाड्नुपर्छ भन्ने चलन छ। सरररऽऽऽ चचहुइ गर्दै पिङ खेल्नुको मज्जै बेग्लै। काठमाडौंका गल्लीगल्लीमा रहेका थोरै खाली स्थानमा पनि पिङ हालिएको छ, अनि त्यहीँ छ बच्चादेखि युवासम्मको भीड।

कतै बाँसको लिंगो गाडेर त त कतै रुखको हाँगामा डोरी बाँधेर पिङ हालिएको छ। दसैंमा पिङमा बसेर धर्ति छाड्नाले मृत्युपछि स्वर्ग पुगिने जनविश्वास छ।

यसको सामाजिक महत्व भनेको घर गाउँलेहरु सबै एकै ठाउँमा जम्मा भएर पालैपालो पिङ खेलेर खुसी मनाँउदै एकआपासमा सौहार्दताको आादानप्रदा हुनेगर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.