|

जनकपुरधाम : धनुषामा जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ। गएराति करिब साढे ९ बजे भएको सो दुर्घटनामा हंसपुर नगरपालिकाका ३५ वर्षीय शिवकुमार चौधरी र अर्की एक पहिचान खुल्न नसकेकी महिलाको मृत्यु भएको धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी दिए।

उनीहरु दुबैलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ भने जीप र चालकलाई प्रहरीले हिरासतमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.