|

पाल्पा : पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो झरेपछि अवरुद्ध सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। शुक्रबार राति सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको सडक शनिबार दिउँसोबाट सञ्चालनमा आएको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले जानकारी दिए। 

सडक अवरुद्ध हुँदा सयौँ यात्रु र सवारी साधन अलपत्र अवस्थामा रहेका थिए। सडक सञ्चालन भएपछि यात्रु आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्। अहिले यहाँ गाडीको चाप बढ्दो छ। गएरातिदेखि अविरल वर्षाका कारण सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो।

ठूलो प्रयासपछि सडक सञ्चालनमा ल्याउन सकिएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.