|

जनकपुरधाम : बडा दसैंअन्तर्गत शनिबार राति जनकपुरधाममा रावणबध कार्यक्रम सम्पन्न भएको छ। विजयादशमीका दिन रावणमाथि विजय प्राप्त भएको धार्मिक मान्यतानुसार महावीर युवा कमिटीले आठ वर्षदेखि रावण वध कार्यक्रम आयोजना गर्दै आएको छ। 
पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले गंगासागर र धनुषसागरका डिलमा रावण, कुम्भकर्ण र मेघनाथको बनाइएको प्रतिमामा धनुषले आगो प्रज्वलन गरी वध गरेका थिए। कार्यक्रम हेर्न गंगासागर र धनुषसागरको वरिपरि भीड लागेको थियो। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.