|

दमक : दसैंका कारण झापाको दमकमा फोहोर नउठ्दा बजार दुर्गन्धित भएको छ। दमकबाट दैनिक रुपमा निक्लने १५ टन फोहोर दसैंको बिदादेखि नउठ्दा दमक दुर्गन्धित भएको हो।

दमकको फोहोर व्यवस्थापनको जिम्मा लिएको पाथ वे नेपालका कर्मचारी दसैं बिदामा बस्दा दमकको फोहोर नउठेको हो। फोहोर नउठ्दा दमकको जताततै फोहोर छरिएको छ भने बजार क्षेत्रमा फोहोर गह्नाएर बसिनसक्नु भएको छ।

यसरी फाहोर नउठ्दा आफूहरु समस्यामा परेको दमकस्थित सुब्बा कोल्ड सेन्टरी सञ्चालक चेसुङ्ग सुब्बाले बताइन्। उनले भनिन्, ‘पसल अगाडि यसरी फोहोर सबैले ल्याउँदै थुपारेका छन्, यहाँ बसिसक्नु भएको छैन, अब त पसल नै नखोल्ने अवस्थनामा पुगिसकेँ, तर पनि फोहोर उठ्दैन।’ उनले फाहोर व्यवस्थापनका लागि आफूहरुले पैसा तिरेकाले फोहोर तत्काल उठाइनुपर्ने बताइन्।

यता, दमक नगरपालिकाले भने सोमबारदेखि फाहोर उठाउने जनाएको छ। नगरपालिकाको वातावरण शाखा प्रमुख द्रोण थापाले फाहोरमैला व्यवस्थापनको जिम्मा पाएको पाथ वे नेपालका कर्मचारी विदामा बसेकाले फाहोर उठ्न नसकेको बताए। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.