|

झापा : झापाको कनकाई नगरपालिकास्थित एक मुसहर बस्तीमा अज्ञात रोगका कारण दुईजनाको मृत्यु भएको छ। कनकाई नगरपालिका ४ स्थित टेक्राको मुसहर बस्तीमा अज्ञात रोगका कारण २८ वर्षीय नारायण ऋषिदेव र सोही ठाउँकी २४ वर्षीया वसन्ती ऋषिदेवको मृत्यु भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए।

उनका अनुसार अज्ञात रोगबाट ७ जना बिरामी भएका छन्। बिरामीलाई प्रमुख पोखरेलले आफ्नै गाडीमार्फत मेची अञ्चल अस्पताल लगेका छन्। बिरामीहरुमा ज्वरो आउँने खुट्टा लुलो हुने तथा मुखबाट रगत जाने लक्षण देखा परेको पोखरेले बताए। उनले भने,‘नारायणको मृत्यु हुँदा त हामीले खासै चासो देखाएनौं, किनकि उनी रक्सी खान्थे तर, सबै यसरी बिरामी हुन थालेपछि हामीले उनीहरुलाई अस्पताल ल्याएका हौं।’

उनले रोगबारे केही पत्ता लाग्न नसकेको बताए। उनले भने, ‘मैले गाउँमा डाक्टर पनि लगेँ तर अहिलेसम्म केही पत्ता लागेन डाक्टरले बिरामी अस्पताल लगेर अध्ययन गर्नुपर्छ भनेपछि ल्याएको हौं।’ ७ जना बिरामी भएको भनिए पनि अस्पताल भने ६ जनालाई मात्र लगिएको उनले बताए। उनले भने, ‘७ जना भनिए पनि मृतक वसन्तीको छोरा आमासँग भएकाले अस्पताल ल्याएनौं मैले साथीहरुलाई लिन पठाएको छु।’

रियलटाइम हाइलाइटस्

१३:३५

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.