|

काठमाडौं : कर्णाली नदीमा डुबेर आज कैलालीमा २ जना बेपत्ता भएका छन्।

रमाइलो गर्नका लागि लम्कीचुहा नगरपालिका कर्णाली चिसापानीस्थित पर्यटकीयस्थल गएका टीकापुर नगरपालिका वडा नम्बर ९ का २१ वर्षीय रमेश न्यौपाने र १९ वर्र्षीय मुकुन्द न्यौपाने नदीमा डुबेर बेपत्ता  भएको प्रहरीले जनाएको छ। 

उनीहरु काका–भतिजा हुन्। नदीमा नुहाउने क्रममा बेपत्ता भएका यी दुबै व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.