|

नुवाकोट : दुप्चेश्वर गाँउपालिका- १ घ्याङफेदीस्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दसैं पर्व मनाएर आइतबार टीका ग्रहण गरिएको छ। साविक शिखरबेसी गाविस वडा नम्बर ४, ७, ८ र ९ का करिब चार सय तामाङ समुदायका बासिन्दाले गुम्बाका प्रमुखसंग सामूहिक रुपमा दशै पर्व मनाउदै टिका ग्रहण गरेका हुन्।

परम्परादेखि नै चल्दै आएको सामूहिक टिका लगाउने परम्परालाई यसबर्ष पनि निरन्तरता दिइएको टाछी छोइलिङ गुम्बाका सदस्य एंव गुम्बा लामा तेन्जिङ लामाले जानकारी दिए। दसैं पर्वको समयमा घरमा आउन नसक्नेहरु पनि गुम्बामा टिका ग्रहण गर्न अनिवार्य उपस्थित हुने गरेका छन्।

बौद्धमार्गीको बासोबास रहेको यस स्थानमा दसैं पर्वको अवसरमा एकादशीको दिन सामूहिक रुपमा भोज खाएर दशै पर्व मनाउदै टिका ग्रहण गर्ने प्रचलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.