|

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आर्सनलले नवप्रवेशी ब्राइटन एण्ड हब अल्बियनलाई पराजित गरेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा आर्सनल २-० ले विजयी भयो। आर्सनलको जितमा नाचो मोनेरियल र एलेक्स इओबीले गोल गरे। 

यस्तै गएराति नै भएको अर्को खेलमा लिभरपुल नवप्रवेशी न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकियो। फिलिपे कउटिन्होको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा लिभरपुल अंक बाँड्न बाध्य भयो। न्युक्यासलका लागि जोसेलुले बराबरी गोल गरे।

गएरातिकै अर्को खेलमा एभर्टन घरेलु मैदानमै बर्नलीसँग पराजित भयो। खेलको २१औं मिनेटमा जेफ हेनड्रिकले गरेको एकमात्र गोल निर्णायक बन्दा बर्नलीले महत्वपूर्ण ३ अंक सुरक्षित गर्‍यो।

प्रिमियर लिगमा सातौं चरणको खेल सकिँदा १९ अंक जोडेको म्यान्चेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा छ। समान अंक जोडे पनि गोल अन्तरमा पछि रहँदै म्यान्चेस्टर युनाइटेड दोस्रो, १४ अंकका साथ टोटनह्याम तेस्रो, १३ अंक जोडेको चेल्सी चौंथो तथा समान १३ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.