|

कञ्चनपुर  : साउदी अरेबियामा काम गर्दै आएका शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ। साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो।

राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकको काम गर्दै आएको शुक्लाफाँटा–१२ का वडाध्यक्ष वाले रानाले बताए। वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएको अध्यक्ष रानाले बताए। 

वीरबहादुरको कमाइमा आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी आश्रित थिए। ‘मृतकको शव स्वदेश ल्याउन पहल गरिरहेका छौं’, अध्यक्ष रानाले भने। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.