|

दोलखा : दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका ९ सिमीगाउँमा झाडापखालाबाट एक जनाको मृत्यु भएको छ। झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिए। उनका अनुसार गाउँमा अझै १२ जना बिरामी परेका छन्। बिरामी परेका मध्ये ३ जना सिकिस्त छन्। उनीहरु झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन्।

गौरीशंकर गाउँपालिका ९ सिमीगाउँबाट मानिसहरु बिरामी परेको खबर आएपछि औषधि सहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिए। उनले सिमीगाउँमा झाडापखाला र ज्वरोबाट एकजनाको मृत्यु भएको र १५/२० जना बिरामी भएको खबर आएपछि पुष्टि गर्दै स्वास्थ्यकर्मीको टोली पठाइएको जानकारी दिए।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.