|

सिन्धुपाल्चोक : माओवादी केन्द्र सिन्धुपाल्चोकले जिल्लाका प्रदेश तथा प्रतिनिधिसभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको टुंगो लगाइसकेको छ। प्रतिनिधिसभाको क्षेत्र नं. १ को उम्मेदवारको लागि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, युवा नेता सरल सहयात्री पौडेल र पूर्वसभासद् राजकुमार श्रेष्ठलाई सिफारिस गरिएको छ।

त्यस्तै क्षेत्र नं. २ को लागि पोलिटब्युरो सदस्य एवं पूर्वसभासद् दावा तामाङ सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ। यसैगरी, १ नं. प्रतिनिधिसभाको १ नं. प्रदेशसभाका लागि लालकान्छा तामाङ, १ नं. प्रतिनिधिसभाको २ नं. प्रदेशसभाका लागि पूर्वजिल्ला अध्यक्ष माधव सापकोटा ‘सुबोध’ लाई केन्द्रमा सिफारिस गरिएको छ।

२ नं. प्रतिनिधिसभाको १ नं. प्रदेशसभाका लागि युवा नेता एवं पार्टी अध्यक्ष प्रचण्डका पूर्वअंगरक्षकसमेत रहेका युवराज दुलाल ‘शरद’ तथा २ नं. प्रतिनिधिसभाको २ नं. प्रदेशसभाका लागि चन्द्रबहादुर थापा ‘किशोर’ लाई सिफारिस गरिएको छ।

प्रतिनिधिसभाको लागि समानुपातिकतर्फ झम्कप्रसाद पराजुली ‘हिमाल’, बलराम विक, लङजङ शेर्पालाई सिफारिस गरिएको छ। त्यस्तै, प्रदेशसभाको लागि समानुपातिकतर्फ नेत्रप्रसाद दंगाल ‘बादल’, पूर्वजिल्ला सचिव अमृता नेपाल ‘प्रभा’, चन्द्र धिमालकोटी ‘भूषण’, उदयन आलेमगर ‘उपेन्द्र’, श्यामकृष्ण श्रेष्ठ र

श्यामसुन्दर श्रेष्ठलाई सिफारिस गरिएको छ।उम्मेदवार सिफारिस सर्वसम्मत रुपमा गरिएको प्रदेश उम्मेदवारसमेत रहेका माओवादी केन्द्रका पूर्वजिल्ला अध्यक्ष माधव सापकोटा सुबोधले जानकारी दिए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.