|

भक्तपुर : ३७ औं नेपाल भाषा विराट सम्मेलन (नेपाल भाषा तःमुज्या) सम्मेलन सुरु भएको छ।

भक्तपुरको ल्योसिंख्योमा सोमबार सुरु भएको सम्मेलनमा संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगले भाषाको स‌रक्षणमा ध्यान नदिँदा संस्कृतिको मर्म कमजोर हुने भएकाले सजग हुनुपर्ने धारणा राखे। लेखक मोहन दुवालले राज्यले देशभरिका कवि, कलाकार र लेखकहरुको वर्गीकरण गरी प्रोत्साहन दिनुपर्ने बताए।

कार्यक्रममा कवयित्री बेबी झा, कवि हरिहर तिमिल्सिना, लेखक अभय श्रेष्ठ, कवि सुरेश परियार, लेखक कृष्णकुमार वैद्यलगायतले रचना वाचन गरे।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र संस्कृतिविद् एवं साहित्यकार ग्वंगलाई सम्मान गरे।सोमबार सुरु भएको सम्मेलन मंगलबार सम्पन्न हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.