डडेल्धुरा : दसैंका कारण सुनसान बनेका प्रदेश नं ७ का विभिन्न जिल्लाका सदरमुकामहरु तथा मुख्य बजार क्षेत्रहरुमा चहलपहल बढ्न थालेको छ। दसैं अगाडिको जस्तो चहलपहलमा पुगिनसकेको भए पनि चहलपहल बढ्न थालेको छ।
दसैँको एकदुई दिन पहिले सदरमुकामबाट भरिभराउ भएर गाउँघर तिरका सडकमा गाडीहरु गएको देखिएकोमा अहिले गाउँघरबाट सदरमुकामतिर आउनेहरुको गाडीमा भीडभाड नै हुने गरेको छ।
टीकाको दिन सुनसान देखिएको डडेल्धुरा बसपार्कमा अहिले बाहिर जाने सवारीसाधनको चाप बढ्न थालिसकेको छ। दसैँ मनाउनको लागि सदरमुकाम तथा बजार क्षेत्रमा बस्दै आएकाहरु गाउँघरतिर लागेपछि डडेल्धुरा बजार सुनसान भएको थियो।
डडेल्धुराको बागबजार लगायत विशेषगरी कैलालीको धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, डोटीको सिलगढी, दिपायल लगायतका क्षेत्रमा दसैं मनाएर फर्किनेहरुको तथा राजधानी जानेहरुको चहलपहल बढेको देखिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।