|

डडेल्धुरा : प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। 

जिल्लाबाट प्रदेशसभा र प्रतिनिधि सभाका लागि सिफारिस भएका उम्मेदवारका नाम कांग्रेसले डडेल्धुराले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरिएको छ। यस्तैगरी प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नारुदेवी ओझा (महिला), पदम विष्ट (खुल्ला) र भरत नेपाली (दलित) लाई सिफारिस गरी केन्द्रमा पठाएको जिल्ला सभापति कर्णबहादुर मल्लले जानकारी दिए। 

प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ गोपा थापा, रवीन्द्र खड्का र हिक्मतसिंह ठाकुरको नाम सिफारिस गरिएको छ। क्षेत्र न. २ बाट जिल्ला सभापति मल्ल, उपसभापति करुणाकर भट्ट र महाधिवेशन प्रतिनिधि तारक बुढाऐरको नाम सिफारिस गरिएको सभापति मल्लले जानकारी दिए।

प्रदेश सभा सदस्यका लागी समानुपातिक तर्फबाट ३० जनाको नाम सिफारिस गरिएको छ। गणेशप्रसाद पन्त, अर्जुनबहादुर मल्ल, गोकुलबहादुर शाही, सुरेन्द्रबहादुर माली, लोकराज भट्ट, कमला बिष्ट, नर बहादुर ठकुराठी, लोकेन्द्र बहादुर गुरुङ, तारकबहादुर खड्का, गुणाकर चटौत, खेमराज जोशी, रतन बहादुर ऐर, भोजराज भट्ट (इन्जिनियर) र टेक बहादुर बुढा ऐरको नाम पठाइएको छ। 

यस्तै भोजराज भट्ट, अनिरुद्र प्रसाद जोशी, दानबहादुर पाल, शेरबहादुर साउद, पद्मा गुरुङ, प्रकाश जैरु, उज्जवल दत्त पनेरु, जमुना देवी ऐर, देवकी पन्त, जीत बहादुर मडै, हिक्मत बहादुर ऐर, रामचन्द्र ऐर, शेर बहादुर चाड, चुडामणि ठकुराठी, देवबहादुर खड्का र पदम भट्ट ‘काजी’ लाई अघि सारिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.