|

कावासोती : नवलपरासी जिल्लाको प्रहरी चौकी अरुणखोलाले अवैधरुपमा बिक्री वितरणको लागि ल्याइएको घरेलु मदिरा नष्ट गरेको छ । नवलपुर क्षेत्रको अरुणखोलादेखि उत्तरतर्फ राकाचुली र दुवारद क्षेत्रका स्थानीयले अवैधरुपमा निर्माण गरी ठूलो परिणामको घरेलु मदिरा अरुणखोला बजारमा बिक्रीवितरण गर्ने ल्याउँदा  बेवारिसे अवस्थामा सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी अरुणखोलाका प्रमुख प्रहरी सहायक निरीक्षक हरि बहादुर रानाको टोलीले ३ सय १५ लिटर  घरेलु मदिरा प्रकाउ गरेको हो। प्रहरीले प्रकाउ गरेको उक्त्त मदिरा मंगलबार बिहान घरेलु मदिरा नष्ट कार्यक्रम नै राखेर नष्ट गरेको थियो।

 प्रहरी चौकी अरुणखोलाका प्रमुख रानाले आफ्नो मातहतमा रहेका क्षेत्रहरुमा घरेलु मदिरा अवैध रुपमा निर्माण गरी बिक्री वितरणको लागि ल्याउँदै गरेको थाहा पाएपछि नियन्त्रण गर्न जाँदा बेवारिसे अवस्थामा फेला परेको बताए।

मंगलबार घरेलु मदिरा नष्ट कार्यक्रम मध्यबिन्दु नगरपालिका १० नम्बर वडाका वडा अध्यक्ष चुरा बहादुर थापा, अरुणखोला बजार विकास समितिका अध्यक्ष भगवान् श्रेष्ठ, अरुणदय विकास केन्द्र अरुणखोलाका अध्यक्ष राजकुमार श्रेष्ठलगायत पत्रकार, स्थानीय समाजसेवीहरुको उपस्थितिमा नष्ट गरिएको अरुणखोला प्रहरी चौकीका प्रमुख हरिबहादुर रानाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.