|

सिन्धुपाल्चोक: सिन्धु इन्द्रावती परिवेशमा लेखिएको उपन्यास ‘देउती’माथि विमर्श गरिएको छ।

बडादशैँको अवसर पारेर मेलम्ची नगरपालिका– ४ पिप्लेमा आज गरिएको विमर्शमा समीक्षकहरूले कृतिका औपन्यासिक चरित्र केलाए।

साहित्यकार रामेश्वर राउत मातृदासले सिन्धु–इन्द्रावती परिवेश र त्यहाँको जीवनशैली प्रतिविम्बित हुने उपन्यास निस्कनु खुसीको कुरा भएको बताउँदै कृतिले नेपाली भाषा साहित्यमा महत्त्वपूर्ण टेवा पुर्‍याउने उल्लेख गरे। उपन्यासको अन्तरवस्तुमाथि प्रकाश पार्दै साहित्यकार प्रेम भण्डारीले रुद्रराज पाण्डेकृत ‘रूपमती’देखि उपन्यास लेखनको आधुनिक काल सुरु भएको र देउती त्यसैको प्रतिछाया भएको बताए।

कृतिका सर्जक अक्षर काका (रामनाथ खनाल)लाई कार्यक्रममा सम्मान गरिएको थियो । उनलाई साहित्यकारद्वय राउत र भण्डारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए। लेखक खनालले मुलुकमा ठूल्ठूला परिवर्तन भए पनि त्यसको असर समाजमा पुग्न नसेकेको र सीमान्तकृत तथा किनाराकृत समुदायको अवस्था ज्युँका त्युँ रहेकाले देउती लेख्नुपरेको बताए।

कूल २४३ पृष्ठमा समेटिएको देउती सांग्रिला बुक्सले प्रकाशन गरेको हो। गत बैशाखमा विमोचित यो कृतिको दोस्रो संस्करण केही दिनअघि बजारमा आइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.