|

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले बिहीबारदेखि फेरि अनसन सुरु गर्ने भएका छन्। 

यसअघि असोज ९ गते १२ औं पटक अनसन बसेका डा. केसीले दसैंको समय परेकाले ३ दिनमा नै स्थगित गरेका थिए। उक्त स्थगित अनसन बिहीबारदेखि पुन सुरु गर्न लागेका केसीका सहयोगी डा. अभिषेक सिहंले जानकारी दिए। 

'सरले दसैंअघि स्थगित गर्नुभएको अनसन आज साँझ ४.३० बजेदेखि पुनः सुरु गर्नु हुने भएको छ' सहयोगी डा. सिहंले भने। डा. केसीले केदारभक्त माथेमा कार्यदलको सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने मुख्य माग राखेका छन्। डा. केसीले आफ्नो मागबारे दसैंको नवमीको दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १७ बुँदे सुझाव समेत बुझाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.