|

डडेल्धुरा : मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर ७ बाट १४ लाख मतदाता सहभागी हुने भएका छन्। सात नम्बर प्रदेशबाट १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका ६ लाख ९६ हजार ५ सय ८० जना पुरुष, ७ लाख ३९ हजार ७५ जना महिला र १६ जना तेस्रो लिङ्गी गरी १४ लाख ३५ हजार ६ सय ७१ जनाले मतदान खसाल्न पाउने भएका हुन्।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले चुनावका लागि तयार गरेको अन्तिम मतदाता संख्या स्वीकृत गरेको हो। बैठकको निर्णयअनुसार आयोगले मंगलबार नै स्वीकृत मतदाताको नामावली वेबसाइटमा प्रकाशन गरेको छ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा गरेकै दिन भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुको नाम नामावलीमा समावेश गरिएको छ।

कुन जिल्लामा कति छन् मतदाता ?

डडेल्धुरामा ४० हजार १ सय ५६ पुरुष र ४१ हजार पाँच सय ७६ जना महिला गरी जम्मा ८१ हजार ७ सय ३२ जनाले मतदाता छन्। बैतडीमा ६४ हजार ४ सय ७० जना पुरुष, ६७ हजार ८ सय ४५ जना महिला र दुई तेस्रो लिङ्गी गरी एक लाख ३२ हजार तीन सय १३ जनाले मतदाता रहेका छन्।

डोटीमा ४९ हजार १ सय ४३ जना पुरुष र ५७ हजार चार सय महिला गरी एक लाख ६ हजार पाँच सय ४३ जना मतदाता रहेका छन्। दार्चुलामा ३९ हजार ५ सय ८५ परुष र ३८ हजार ९ सय २७ जना महिला गरी ७८ हजार पाँच सय १२ जना मतदाता रहेका छन्।

अछाममा ६४ हजार ७ सय ७६ पुरुष, ७२ हजार एक सय २५ जना महिला र दुई जना तेस्रो लिङ्गी गरी एक लाख ३६ हजार ९ सय तीन जना मतदाता रहेका छन्।बझाङमा ५१ हजार दुई सय ७१ जना पुरुष, ५३ हजार तीन महिला र एक जना तेस्रो लिङ्गी गरी एक लाख चार हजार २ सय ७५ जना मतदाता रहेका छन्।

बाजुरामा ३५ हजार एक सय ४७ जना पुरुष, ३४ हजार छ सय ८५ महिला र दुई जना तेस्रो लिङ्गी गरी ६९ हजार ८ सय ३४ जना मतदाता रहेका छन्। कैलालीमा दुई लाख २३ हजार पाँच सय ९ जना पुरुष,  दुई लाख ३७ हजार ६३ महिला र आठ जना तेस्रो लिङ्गी गरी जम्मा चार लाख ६० हजार पाँच सय ८० जना मतदाता रहेका छन्।

कञ्चनपुरमा एक लाख २८ हजार पाँच सय २३ पुरुष, एक लाख ३६ हजार चार सय ५१ महिला र एक जना तेस्रो लिङ्गी गरी दुई लाख ६४ हजार ९ सय ७५ जना मतदाता रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.