|

इलाम :  ‘नमस्ते दानाबारी दोस्रो पटक प्रस्तुति दिन पाउँदा एकदमै खुशी छु’ भन्दै गायक सुगम पोखरेल स्टेज प्रवेशसँग गडगडाहट तालीको बर्षा भयो।

माई नगरपालिकामा जारी मिनी मेलाको १० औं दिन बुधबार सुगम पोखरेलको प्रस्तुति हेर्न भनेर टाढाटाढाबाट हजारौंको संख्यामा मानिसहरु भेला भएका थिए।

‘दशै पनि जान लाग्यो अब आउने तिहारलाई स्वागत गरौ’ भन्दै पोखरेलले आफ्नो प्रस्तुति प्रारम्भ गरे।

बर्ष र दिनमा लै लै

हर्षका दिन लैलै

दशै तिहार चाड र बाड खुशीले सारा भयो नि संसार...।’

त्यसपछि ‘भन्छु आज मनका कुरा सुन्छौं भने तिमी.., म यस्तो गीत गाउछु, जुन प्रेमगीत बनोस्..., जुन तारा साँचेर यो मनै तिम्रो भो..., ’ लगायतका गीतहरु गाए।

उखरमाउलो गर्मीका बीचमा आफ्नो प्रस्तुति दिएका पोखरेललाई चलचित्र ए मेरो हजुर २ को ‘माया दिन्छु, मुटु दिन्छु फेरि पनि सास दिन्छु..., के म रोएको मेरो पल तिमी म सँग रोइदिन्छौ...’ गाउँदै गर्दा दर्शकहरुले राम्रै साथ दिएका थिए।

‘अब केहीबेर नाच्ने है त’ भन्दै ‘फेरि त्यो दिन सम्झन चाहन्न, त्यही कथा म दोहोर्‍याउन चाहन्न माया यो आगो हो पोल्छ थाहा छ...,  धाराको पानी सारै नै मिठो लड्कीको जोवन कति छिटो तर झिल्केले फसायो सानीलाई...’ गाउँदा दर्शकहरु बार नाघेर नाच्न स्टेज नजिकसम्म पुग्न भ्याए।

 ‘आज साथी भाइ सबै भेट भयो सञ्चो बिसन्चो सुनाउन अवस्था हो सितैमा, धौलागिरी बज्यो, मादलै बज्यो बज्यो है डम्फु बाजा..’ पछि ‘अब टाढासम्म जानुछ विदा नि लिनुछ’ भनेर ‘रुन्न भन्थे कहिले तर हेर आसु खस्यो खुशी लाग्यो तिम्रो संसार बस्यो जाँदै छु टाढा धेरै टाढा’ बाट प्रस्तुति अन्त्य गर्दै ‘माया नमारे अर्को साल नि भेट हुन्छ’ भन्दै दर्शकहरु माझबाट पोखरेल ओझेल परे।

गत असोज ९ गतेबाट माइ नगरपालिका–४ मा जारी मिनी मेलामा हास्य गायक श्रीकृष्ण लुईंटेल‘ बोकेदारी’, मेलिना राई, डम्बर नेपाली लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिन भ्याइसके।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.