स्वास्थ्य

चार बुँदे माग राख्दै डा. केसीले सुरु गरे १३ औं आमरण अनसन
SHARES

असोज १९, २०७४

    काठमाडौं : केदारभक्त माथेमा कार्यदलले दिएको सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका ४ बुँदे माग राखेर त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले बिहीबार ५ बजेदेखि आमरण अनसन सुरु गरेका छन्। असोज ९ गते आमरण अनसन सुरु गरेर ३ दिनमा स्थगित गरेका केसीले आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आश्वासन दिए पनि पूरा नभएकाले फेरि अनसन बस्न लागेको बताएका छन्।

    कात्तिक ५ गतेदेखि संसदको अवधि सकिने भएकाले त्यतिबेलासम्म माथेमा कार्यदलको सुझाव अनुसार चिकित्सा शिक्षा विधेयक परिमार्जन गरी पारित गर्न दबाब दिन अनसन बस्न लागेको केसीले जनाएका छन्।

    'विद्यमान संसदको अवधि अब निकै कम भएकाले पनि समयमै सही रुपमा ऐन पारित गर्नु अहिले आएर झनै महत्वपूर्ण हुन पुगेको छ। त्यसैले हाम्रा मागहरु पूरा गर्नका लागि हामीले पटक पटक दिएको अल्टिमेटममा मागहरु पूरा नभएकाले तथा सत्याग्रहको पछिल्लो कार्यक्रमपछि हामीलाई भेटेर प्रधानमन्त्रीले दिएको माग पूरा गर्ने आश्वासन समेत पूरा नभएकाले आज दिनको ५ बजेदेखि सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु' केसीले आफ्नो विज्ञप्तिमा भनेका छन्। चिकित्सा शिक्षा सुधारको माग राखेर पटक पटक अनसन बस्दै आएका डा. केसीको यो १३ औं अनसन हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]