|

यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार जापानी मूलका बेलायती उपन्यासकार काजुओ इसिगुरोलाई प्रदान गरिएको छ।

नोबेल पुरस्कार समितिले बिहीबार स्वीडेनको राजधानी स्टकहोममा आयोजित एक समारोहमा २०१७ को नोबेल साहित्य पुरस्कार ब्रिटिस उपन्यासकार काजुओ इसिगुरोलाई दिने घोषणा गरेको हो।

इसिगुरोको साहित्यिक योगदानबारे स्वीडिस एकेडेमीले भनेको छ, ‘भावनात्मक शक्तिको सहायताले दुनियाँसँगको हाम्रो भ्रमपूर्ण सम्बन्धको अनुभूतिलाई इसिगुरोका कृतिले योगदान पुर्‍याएका छन्।’

नोबेल पुरस्कार विजेता काजुओ इसिगुरोले आठ वटा पुस्तक लेखेका छन्। उनका पुस्तक विश्वका ४० भन्दा बढी भाषामा अनूदित भएका छन्। उनका ‘नेभर लेट मि गो’ र ‘द रिमेन्स अफ् द डे’ चर्चित पुस्तक हुन्। यी पुस्तकहरुमा आधारित भएर फिल्म पनि बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.