|
प्रेमिका र छोराका साथ रोनाल्डो

एजेन्सी : पोर्चुगलका कप्तान क्रिस्ट्रियानो रोनाल्डो खेलकुद जगतका ठूला सेलिब्रेटीमध्ये एक हुन्। उनी आफ्नो खेलका कारण जति चर्चामा रहन्छन्, त्यति नै चर्चा धेरै युवतीहरुसँगको प्रेम-सम्बन्धका कारण पनि हुने गरेको छ।

रोनाल्डो अहिले स्पेनिस मोडल जर्जिना रोड्रिग्वेजसँगको प्रेम सम्बन्धमा छन्। उनी गर्भवति छिन्। तर रोचक कुरा के छ भने जर्जिया गर्भवति हुनअघि नै रोनाल्डो ३ सन्तानका बाबु बनिसकेका छन्।

रोनाल्डोका जेठा छोरा क्रिष्ट्रियानो रोनाल्डो जुनियर उनीसँगै म्याड्रिडमा बस्छन्। हजुरआमा (रोनाल्डोकी आमा) डोलोरेसले उनको रेखदेख गर्छिन्।

क्रिस्ट्रियानो जुनियरको जन्म जुन १७ मा संयुक्त राज्य अमेरिकामा भएको थियो। यतिबेला रोनाल्डो पोर्चुगलबाट विश्वकप खेल्दै थिए। छोरालाई जन्मनासाथ म्याड्रिड ल्याइयो। त्यसपछि हजुरआमा डोलोरेससँगै उनको जीवन सुरु भयो। परिवारमा उनलाई क्रिष्ट्रियानिन्हो भनेर बोलाइन्छ। जसको अर्थ सानो क्रिष्ट्रियानो भन्ने हुन्छ।

सन् २०१७ को जूनमा रोनाल्डोका जुम्ल्याहा सन्तान जन्मिए। यतिबेला उनी राष्ट्रिय टोलीबाट कन्फेडेरेशन कप व्यस्त थिए। चिलिसँग पेनाल्टी सुटआउटमा पराजित भएर पोर्चुगल प्रतियोगिताबाट बाहिरिनुअघि रोनाल्डो अन्तर्राष्ट्रिय ड्युटीमै व्यस्त रहे। हारलगत्तै रोनाल्डोले आफ्ना दुई सन्तान जन्मिएको सार्वजनिक गरेका थिए। यी दुई सन्तान सरोगेट आमामार्फत जन्मिएका थिए।

रोनाल्डोले जून १८, २०१७ मा आफ्नी प्रेमिका जर्जिया रोड्रिग्वेज गर्भवती रहेको बताएका छन्। तर यस विषयमा थप केही भनेका छैनन्। उनले चौथो सन्तानको आगमनको विषयलाई लिएर आफु निकै उत्साहित रहेको प्रतिक्रिया स्पेनिस पत्रिका इल मुन्डोसँग दिएका छन्।

को हुन् क्रिस्ट्रियानो जुनियरकी आमा ?

रोनाल्डोका पछिल्ला दुई सन्ता सरोगेट आमामार्फत जन्मिएका हुन्। प्रेमिकाको गर्भमा चौथो सन्तान रहेको खुलासा उनले गरिसकेका छन्। त्यसो भए जेठा छोरा क्रिस्ट्रियानो जुनियरकी आमा को हुन्?

यस विषयमा धेरैले प्रश्न राख्छन्। तर रोनाल्डोले कसैलाई जवाफ फर्काएका छैनन्। हल्ला के छ भने उनले १० मिलियन अमेरिकी डलर तितेर जेठा छोराकी आमासँग आफ्नो छोराको रेखदेख एक्लैले गर्ने अधिकार लिएका छन्।

मेरो छोराकी आमा को हुन् भनेर 'मानिसहरु अनेक शंका गर्छन्। धेरै महिलाको नाम जोड्छन्। कसैले सरोगेट आमा हो भन्छन्। तर म यस विषयमा कसैलाई केही बताउने छैन,' रोनाल्डोले एकपटक अन्तरवार्तामा भनेका छन्,'जब क्रिष्ट्रियानो जुनियर हुर्किनेछन्। उनले आफैं बुझ्ने हुन्छन्। म उनलाई साँचो कुरा भन्नेछु किनकी उनीसँग आफ्नो आमाबारे सोध्ने अधिकार छ। उनी मेरा छोरा हुन्। तर यस विषयमा अरुलाई जानकारी गराउनु म आवश्यक सोच्दिन।'

रोनाल्डोले सरोगेट आमामार्फत जन्मिएका जुम्ल्याहा छोरी (इभा) र छोरा (माटियो) लाई आफ्ना जेठा छोरा क्रिष्ट्रियानो जुनियरसँगै राखेर खिचाएको फोटो इन्टरनेटमा भाइरल भएको थियो।

Cristiano Ronaldo has vowed to reveal the truth to his son about his mother's story when he's older

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.