|

जुम्ला : एमालेले जुम्लाको क्षेत्र नं. १ मा उम्मेदवारको टुंगो लगाएको छ। जिल्ला सभापति तीर्थबहादुर बुढा जुम्ला क्षेत्र नं. १ का उम्मेदवार सिफारिस भएका हुन्। 

समानुपातिकतर्फ भूपू राज्यमन्त्री स्वर्गीय डिल्लीबहादुर महतकी धर्मपत्नी गंगा महतलाई सिफारिस गरेको एमाले जुम्लाका जिल्ला सचिव आदिप्रसाद न्यौपानेले बताए। प्रदेशको उम्मेदवार टुंगो नलागेको उनले जानकारी दिए। त्यस्तै क्षेत्र नं. २ मा पनि उम्मेदवारको टुंगो लागेको छैन।

कांग्रेसले राजुसिंह कठायतलाई क्षेत्र नं. १ को उम्मेदवार सिफारिस गरेको छ। कांग्रेसले पनि क्षेत्र नं. २ उम्मेदवारको टुंगो लगाएको छैन। माओवादी केन्द्रले भने क्षेत्र नं. २ पूर्णप्रसाद धिताललाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर १ र प्रदेशको उम्मेदवार टुंगो नलागेको माओवादीले जनाएको छ।  

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.