|

डडेल्धुरा : आलिताल गाउँपालिका– ३ स्थित ‘आलिताल’ मा डुबेर एक जना बेपत्ता भएका छन्। तालमा पौडी खेल्न गएका आलिताल–३ रक्सौनका ४१ वर्षीय बलबहादुर मास्के रानामगर तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बिहीबार दिउँसो तालमा डुबेपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी तीव्र पारेका थिए। शुक्रबार बिहानसम्म पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय जोगबुडा र आलिताल प्रहरी चौकीको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। खोजीका लागि जोगबुडा र आलितालबाट टोली खटाएका उनले बताए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.