|

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय बालक एक सातादेखि बेपत्ता भएका छन्। १४ असोजमा सत्घाटनजिकै पर्ने खानीडाँडामा दसैँको मेला हेर्न गएका बालक विवश बोहरा बेपत्ता भएका हुन्। मेला हेर्न गएका उनी घर नफर्केको उनका बुबा केशव बोहराले बताएका छन्।

‘मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिएँ, तर करिब साता बितिसक्दा पनि केही पत्ता लागेको छैन।’ विवशका बुबा केशवले भने। आफन्तकहाँ गयो कि भनेर सबै ठाउँमा खबर गरी सक्दा पनि कतै नभएको खबरले आफूहरूलाई छटपटी बढिरहेको छ।’

प्रहरीलाई पनि खबर गर्दासमेत कहीँकतै नभएको जानकारी आएको केशवको भनाइ छ। कहीँबाट छोराको खबर नपाउँदा विवशका आमाबाबुलाई दिन प्रतिदिन चिन्ता बढदै गएको छ। छोराको खोजी गरिदिनका लागि उनले सबैलाई आग्रह गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.